२८ असोज, काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरीरहेका बेला चीनसँगको नयाँ नाका संचालनमा आएपछि नयाँ आशा पलाएको छ । बिहीबार बिहान ९ बजे औपचारिक कार्यक्रम गरी केरुङ नाका सुचारु भएको घोषणा गरिएको छ। दुई देशबीचको छलफलमा बिहीबार बिहान नौ बजे औपचारिक कार्यक्रम गरी नाका शुभारम्भ गरिएको छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरेसँगै बिहीबारबाट भन्सार नाका सुचारु भएको हो ।
केरुङ नाका शुभारम्भको अवसर पारेर चीनले करिब एक करोड ५० लाख रुपैयाँबराबरको सामान पनि सरकारलाई हस्तान्तरण गरेको छ ।दिइएका सामग्रीहरुमा भूकम्पपीडितलाई आएका राहत सामग्री रहेको जनाइएको छ ।
औपचारिक रुपमा आजबाट नाका खुले पनि चीनसँगको रसुवागढी केरुङ व्यापारिक नाका पूर्ण रुपले संचालनमा आउनका लागि अझै करिब ६ महिना लाग्ने जनाइएको छ ।
यो नाकाबाट लत्ताकपडाबाहेक संकट परेका बेला इन्धन पनि आपूर्ति गर्न सकिनेछ ।











