२७ असोज, काठमाडौं । प्रमुख सत्तारुढ दल एमाले र एमाओवादीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रीहरुको प्याकेजमै टुंगो लागाउने गरी आन्तरिक र द्धिपक्षीय छलफल तीब्र बनाएका छन् ।
कांग्रेसले विगतको सहमति तोडेकाले प्रमुख सत्तारुढ दल आफूहरुबीच नै मुख्य पद भागबन्डा गर्न लागेका हुन् । राष्ट्रपति, उपराष्ट्रपति , सभामुख र उपसभामुख पदहरुमा निर्वाचन गरिहाल्नुपर्ने भएकाले यसैमा केन्द्रित भएर छलफल भइरहेको छ, कानुनमन्त्री अग्नी खरेलले भने तर कसरी बाँडफाँड गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन् ।

प्रधानमन्त्री ओली पक्षधरले राष्ट्रपतिमा सुवास नेम्वाङ र उपाध्यक्ष विद्या भण्डारीको नाम चर्चामा ल्याएको छ । भण्डारीलाई माधव नेपाल पक्षले नस्वीकारर्ने भएका कारण र संविधान ल्याउन भूमिका खेलेका जनजाति भएका कारण नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएको छ । राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि र नयाँ सभामुखको चयन हुने भएपछि नेम्वाङले वुधबार पदबाट राजीनामा दिने भएका छन्।











