२७ असोज, धरान । प्रधानमन्त्री केपी ओलीले आफू जन्मेको घर किनेका छन् ।
ओलीका बुबा मोहनप्रसाद ओलीले २०२४ मा बेचेको तेह्रथुमको इवा गाविसस्थित जन्मघर प्रधानमन्त्री केपी ओलीले आफ्नो नाममा फिर्ता गरेका हुन् ।

पुख्र्यौली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेका हुन् ।
मोहनप्रसादले स्थानीय नन्दलाल तिवारीलाई साढे ११ हजार रुपैयाँमा २०२४ सालमा उक्त घरजग्गा बेचेर झापा बसाइँ सरेका थिए ।











