२६ असोज, काठमाडौं । अद्भूत मानसिक क्षमताका बालक आदित्य दाहालको रोक पहिचान अझै हुन नसके पनि शारीरिक अवस्थामा केही सुधार आएको छ । आदित्यको स्वास्थ्यमा सुधारका लक्षणहरु देखिएको शेषराजले बताए । दाहालका अनुसार हाल उनी सहाराबिना केहि बेरसम्म बस्न सक्छन् भने अरुको सहारामा तीन चार पाइला हिँड्न सक्छन् । माथि हात लगेर कान कोट्याउन वा कपाल कन्याउन सक्ने भएको उनले जानकारी दिए ।

आदित्यकै आग्रहमा उनको मस्तिष्कको अनुसन्धान भने गरिएको छैन ।
अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा साउन ११ गतेदेखि आदित्यको स्वास्थ्य परीक्षण भैरहेको छ वरिष्ठ न्यूरोलोजिस्ट किथ भान हारेको टोलीले टोलीले थुप्रै परिक्षणहरु गरिसक्दा पनि उनको शारिरीक दुर्वलताको कारण पत्ता लगाउन सकेको छैन । उनको शारिरीक तथा पोषण थेरापी जारी राखिएको छ ।
डाक्टरहरुले उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर एनबिआइए भएको आशंका गरिएको भएता पनि एनबिआइएका १३ प्रकारमा उनका लक्षणहरु नमिलेको बताइन्छ। अस्पतालले थप परिक्षण तथा अनुसन्धान सुरु गरेको र ती परिक्षणको रिपोर्ट आउन ३ महिना लाग्न सक्ने अस्पताल स्रोतलाई उद्वत गर्दै आदित्य संरक्षण प्रतिष्ठानले जनाएको छ ।
आदित्यले विगतमा गरेका ठूला दुई भविष्यवाणी मिल्दै आएका छन् । एक वर्षअघि उनले सुशील कोइरालापछि केपी ओली प्रधानमन्त्री हुने भविष्यवाणी गरेका थिए ।











