२६, असोज, काठमाडौं । मधेशी जनताले गरेको आन्दोलनमा गएर हात हल्लाएर आन्दोलनको जस लिएका मधेशी दलका नेतालाई अब आन्दोलनमा रहेका जनताले नै लखेट्ने भएका छन् । आफ्नो स्वार्थ पूरा नहुँदासम्म जनता र भारतीय दूतावासले दिएको एक निर्देशनपछि भाँडमे जाए जनता भन्दै कुलेलम ठोकेका मधेशी दलका नेता यतिवेला समस्यामा परेका छन् ।
दोस्रो संविधान सभामा नराम्रोसँग पराजित भएका मधेशी दलभित्र प्रत्यक्ष निर्वाचित सभासद्ले नै राजिनामा दिने क्रम सुरु भएको छ । कपिलवस्तु ३ बाट प्रत्यक्ष निवार्चित तमलोपा संसदीय दल उपनेता बृजेशकुमार गुप्ता आइतबार प्रधानमन्त्री चुनावमा भोट हाल्नेवित्तिकै पार्टीबाट राजिनामा दिएका छन् ।

उनले रुँदै राजिनामा दिएका थिए । तमलोपा उच्च स्रोतका अनुसार अरु केही सांसद र नेतासमेत पार्टी छाड्ने तयारीमा छन् ।
गत फागुनमा अनिलकुमार झासँग एकता गर्दै सहअध्यक्ष रहेकी सरिता गिरीले पनि पार्टी छाडेकी छिन् ।
उपप्रधानमन्त्री बनेका विजय गच्छदारको मोर्चाबाट शरतसिंह भण्डारी अलग भैसकेका छन् भने गच्छदारको दलका बारा र पर्सा कार्यसमिति सदस्यहरुले सामूहिक राजिनामा दिइसकेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएसँग रअका एजेण्टसँग साँठगाँठ गर्दै आएका मधेशी नेताको अवस्था अब समाप्त भएको बताइन्छ । किनभने आईओसीले सहज रुपले पेट्रोल दिन समेत थालेको छ ।
यतिवेला मधेशमा भएको आन्दोलनमा हात उठाएर नेतृत्व लिने दाउमा डा सिके राउतहरु देखिएको बताइन्छ । तर अब एमाले, कांग्रेस र एमाओवादी कार्यकर्ताले नै मधेशका माग सम्बोधन गर्न दवाव दिने र त्यसको जस लिने तयारी समेत गरेको बताइन्छ ।
मधेशकेन्द्रित दलका नेताहरु भने यतिवेला मधेश जान समेत डराएका छन् । जनताबाट लखेटिने डरले उनीहरु राजधानीमै रमाएका छन् । विवादकै कारण मधेशी मोर्चाको बैठक सोमबार बस्न सकेन । सबैभन्दा अगाडि सरेर भारतीय वकालत गर्ने राजेन्द्र महतो यतिवेला सुशील कोइराला पराजित भएपछि मत हाल्नु नै गलत भएको भनी टाउको समात्न थालेका छन् ।











