२५ असोज, काठमाडौं । त्यसो त उपराष्ट्रपति परमानन्द झा आफ्नै क्रियाकलापका कारण आलोचित बन्दै आएका छन् । न्यायधीश बन्दा चरेश तस्करलाई उन्मुक्ति दिनेदेखि उपराष्ट्रपति बनेपछि हिन्दीमा सपथ लिएका कारण उनी धेरै आलोचित बने । अदालतको आदेशमा उनले फेरि सपथ लिनुपर्यो । यसले उनलाई आत्मग्लानी हुन स्वाभिक हो । त्योभन्दा पनि बढी ग्लानी उनले भूमिका नपाएकोमा हुँदै आएको अभिव्यक्ति समेत दिइसकेका छन् । राजनीतिक पदको वार्गेनिङ गर्दा उपराष्ट्रपति पदको वार्गेनिङभन्दा मन्त्री पदको वार्गेनिङ गर्न उनले सार्वजनिक रुपमै मधेसी दलहरुलाई सुझाव दिएका थिए ।

सोमबार ललितपुरमा भएको भोटोजात्रा कार्यक्रममा परमानन्द झालाई सार्वजनिक रुपमै अपमान गरियो । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको सो कार्यक्रममा उपराष्ट्रपति झालाई कसैले स्वागत समेत गरेन । आयोजकहरुले समेत उनलाई बेवास्ता गरे । अपमानित नै भएर पनि उपराष्ट्रपति झा मंचमा गएर बसे । नत उनलाई कसैले फुलको गुच्छाले स्वागत गर्यो न त माला नै लगाइदिइयो । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री केपी ओली माला लगाएर सानदार रुपले मंचमा बस्दा नजिकै बसेका उपराष्ट्रपति झा भने मलिन अनुहार पार्दै मालाविहीन रुपमा बसिरहे ।











