२४ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले चुस्त मन्त्रीमण्डल बनाउने भएका छन् । सोमबार दिउँसो एक बजे राष्ट्रपतिबाट पद तथ गोपनीयताको सपथ लिएसँगै ओलीले सानो मन्त्रीपरिषद् बनाउने जानकारी उनी निकट स्रोतले दिएको छ ।
उनलाई दिउँसो एक बजे राष्ट्रपतिको कार्यालयमा संविधानको धारा ८० बमोजिम् राष्ट्रपति डा रामवरण यादवबाट सपथ खुवाउने छन् ।
सपथ लिएसँगै उनले सानो आकारको मन्त्रिमण्डल पनि बनाउने भएका छन् ।
प्रारम्भीक चरणमा विष्णु पौडेल, भीम रावल, शत्रुघ्न महतो, टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा र कमल थापाले मन्त्री पदको सपथ लिने छन् ।
स्रोतका अनुसार राप्रपा नेपालले परराष्ट्र र स्थानीय विकास मन्त्रालय पाउने भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले परराष्ट्र मन्त्रालय सम्हाल्ने टुंगो लागिसेको छ ।
अन्य मन्त्रालयको भने टुंगो लागिसकेको छैन । संविधानमा २५ सदस्यीयसम्मको मन्त्रिमण्डल बनाउन पाइने व्यवस्था छ ।












