२४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ । नयाँ प्रधानमन्त्री चयनमा भट्टराई नेतृत्वमा चलखेल भएको आशंकामा सभामुखले आज उनको राजिनामा स्वीकृत गरेका हुन् ।
प्रधानमन्त्री निर्वाचनको केहीबेर अगाडि भट्टराई स्वयं उपस्थित भएर सनाखत गरेपछि सभामुख सुवास नेम्वाङले उनको राजीनामा स्वीकृत गरेका हुन् ।
भट्टराईले असोज पाँच गते एमाओवादी परित्याग गर्दै संसद सदस्यबाट पनि राजीनामा दिएका थिए । तर, एमाओवादी अध्यक्ष प्रचण्डले रोकेपछि सभामुखले उनको राजीनामा स्वीकृत गरेका थिएनन् । नयाँ प्रधानमन्त्री चयनमा भने सुशील कोइरालाका पक्षमा भट्टराईले लविङ गरेको चर्चा चलिरहेको थियो ।
भारतीय पक्षमा तीव्र प्रयास गर्दा पनि कोइरालाका पक्षमा र ओलीका विरुद्धमा बहुमत सांसद जुटाउन नसकेपछि आफूलाई लाग्ने गरेको आरोपबाट बच्ने उद्देश्यसहित भट्टराई उपस्थित भएर सनाखत गरेका थिए ।












