२२ असोज, काठमाडौं । सभामुख सुवासचन्द्र नेम्वाङ्ले राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन नसकेकाले आजबाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने बताएका छन् ।
पत्रकार महासंघद्वारा आज संचारग्राममा आयोजित कार्यक्रममा बोल्दै सभामुख नेम्वाङले बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरिने बताए । नयाँ संविधानमा भएको व्यवस्थाबमोजिम सहमतिका प्रधानमन्त्रीका लागि राष्ट्रपतिले दिनुभएको सात दिनको समय सकिएको र अवधि थपिने व्यवस्था नभएकाले संविधान, नियम र स्थापित अभ्यास अनुसार संसद्को बैठकले प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने उनले बताए । सम्भवतः आउँदो आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने गरी निर्वाचनका कार्यक्रम आउने जानकारी उनले दिए । अहिले मुलुक अप्ठेरामो परेको अवस्थामा सबै दलहरु एक भई राष्ट्रिय स्वाधिनताका विषयमा एक हुनुपर्ने समेत धारणा समेत उनले व्यक्त गरे ।
संविधान जारी भएपछिको अवस्थामा सबै दल र जातजाति सुमधुर एकताका साथ अघि बढेर सकेसम्म सहमतिको सरकार बन्न सकेमा राम्रो हुने विश्वास पनि उनले व्यक्त गरे ।











