२२ असोज, काठमाडौं । नाकाबन्दी, इन्धनको अभाव तथा असहज आपूर्तिका कारण घटस्थापना देखि नै दसैं विदा दिने प्रस्ताव मन्त्रिपरिषद्बाट अस्वीकृत भएको छ । गृहमन्त्रालयको यस्तो प्रस्तावको शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले अस्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले घटस्थापना देखि नै दसैं विदा नदिने निर्णय गरेको हो । लामो विदा दिदा सेवाग्राहीहरु मर्कामा पर्ने र सरकारी कार्यलयको कार्यसम्पादन र कर्मचारीको मनोविज्ञानमा समेत नकारात्मक असर पर्ने निश्कर्षसहित विदा नदिने निर्णय गरेको हो ।
सरकारले असहज परिस्थिति सामना गरेर भएपछि सरकारी कार्यलय संचालन गर्ने भएको छ ।










