धर्मराज कठायत
१९ असोज/कञ्चनपुर
असोज १४ गते विहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरी द्वारिकादेवी ठकुरानी नामाकरण गरेपछि विराध जनाउदै आईरहको विद्यार्थी संगठनले मंगलबार राँके जुलुस सहित विरोध प्रर्दशन गरेका छन् । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादी सम्बद्ध दुई क्रान्तिकारी विद्यार्थी सङ्गठन र अखिल छैटौले संयुक्तरुपमा आज पुष्पलाल चोकदेखि मदन चोकसम्म नारा साथै राँके जुलुस निकाली विरोध जनाएका छन् । पाँच विद्यार्थी सङ्गठनले निकालेको सो राँके जलुसले मदन चोकमा पुगी सिचाई मन्त्री एन.पि.साउदको पुत्ला दहन गरेका थिए भने शिक्षामन्त्री चित्रलेखा यादवको फोटो जलाई विरोध जनाएका थिए । कांग्रेसी मन्त्रीहरु यादव र साउदले व्यक्तिको नाम राखिदिने भन्दै करोडौं रुपैयाँ खाएको समेत यहाँको स्थानीयहरुले बताएका छन् ।
उनीहरुले सुदूरपश्चिम विश्वविद्यालयको नाम यथावत् राख्नुपर्ने मागसमेत गरेका छन् । सुदूरपश्चिमको ९ वटै जिल्लाको पहिचान हुने गरी राखिएको विश्वविद्यालयको नाम परिवर्तन गरी द्वारिकादेवी ठकुरानी राखिएकोले यो आन्दोलन गर्न बाध्य भएको अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य जिल्ला इन्चार्ज विष्णुप्रसाद उपाध्यायले बताए ।
विवादैविवाद भएको सुदूरपश्चिम विश्वविद्यालयको ऐनमा भएको कार्यहरुको कार्यान्वयन गर्नु पर्ने, सिद्धनाथ विज्ञान क्याम्पसको समायोजन गर्नुपर्ने लगायतका काम नगरी कसैले नमागेको बखेडा झिकेर नेपाली कांग्रेसका सभासदहरुले विश्वविद्यालयलाई धरासायी बनाउन यस्तो कार्य गरेकोे अनेरास्ववियुका केन्द्रिय सदस्य धर्मानन्द भट्टले बताए ।
विश्वविद्यालयको नामै परिवर्तन गरी नामांकन गर्नुपर्ने व्यक्ति द्वारिकादेवीको यस विश्वविद्यालयलाई कुनै योगदान र भूमिका नरहेको अनेरास्ववियूका अध्यक्ष ओम बस्नेतले बताए । साथै पाँच विद्यार्थी संगठनले विहीबार शैक्षिक संस्था, सरकारी कार्यालय र सरकारी कार्यालयका यातायत ठप्प पार्ने क्रान्तिकारीका जिल्ला इन्चार्ज उपाध्यायले बताए ।












