१९ असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले आफूहरुले अघि सारेका राजनीतिक मागहरु पुरा भएपछि मात्रै नेपाल भारत सीमामा गर्दै आएको नाकाबन्दी खोल्ने अडान व्यक्त गरेका छन् ।
तीन दलीय वार्ता टोलीसँग मंगलबार सिंहदरवारस्थित राज्य व्यवस्था समितिको सभाहलमा भएको वार्तामा संविधानमा संसोधन गरी समावेश गर्नु पर्ने मधेसका ३५ बुँदे एजेण्डा बुझाउँदै त्यस्तो बताएको हो । वार्तामा कुनै सहमति हुन नसकेपछि मोर्चाको राजनीतिक मागमा सरकार र तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेर बुधबार पुनः वार्ता गर्ने गरी स्थगित गरिएको छ । वार्ता राजनीतिक मुद्दामा प्रवेश नै नगरि सकिएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।
मोर्चाले सरकारलाई तत्काल वार्ताको पूर्ण बातावरण बनाउन समेत आग्रह गरेको छ । सरकारले बार्ताको वातावरण बनाउने सम्बन्धमा गरेको निर्णय सकारात्मक भएपनि त्यसको कार्यन्वयन हुन नसकेकोले तत्काल कार्यान्वयन र आन्दोलनमा मृत्यू भएकालाई शहिद घोषणा गर्नु पर्ने बताएको थियो । तीन दलीय वार्ता टोलीका सदस्य महेश आचार्यले भने वुधबार हुने वार्तामा राजनीतिक विषयमा केन्द्रित रहेर कुराकानी गरिने जानकारी दिए ।
उनले बार्ता सुरु हुनु सकारात्मक भएकोले छिटै निष्कर्समा पुग्ने विश्वास ब्यक्त गरे । यसबिचमा दुबै पक्षले अनौपचारीक छलफललाई भने निरन्तरता दिने जनाएका छन् ।












