१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति भने बुधबार बस्ने केन्द्रीय समितिको बैठकले टुंगो लगाउने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । यसअघि कांग्रेसले यही असोज १ देखि ५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।बैठकमा समसामयिक राजनीतिक विषयका विषयमा पनि सामान्य छलफल भएको नेताहरुले बताएका छन् ।

सरकार गठनका विषयमा भने बुधबार बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ ।











