रुपान्तरित व्यवस्थापिका संसदको बैठकमा प्रतिनिधित्व गर्ने साना दलहरुले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई मिलेर अघि बढ्दा संविधान जारी भएको उल्लेख गर्दै अब संविधान कार्यान्वयनको लागि पनि मिलेर अघि बढ्नु पर्ने सुझाव दिएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा नयाँ सरकार गठन, भारतले लगाएको अघोषित नाकाबन्दी र त्यसको समाधानको उपायको विषयमा छलफल भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोईरालाले काग्रेसको नेतृत्वमा सरकार गठन गरे मुलुकमा देखा परेको समस्याको गाँठो फुक्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।
बैठकमा एमाले अध्यक्ष केपी ओलीले काग्रेसको नेतृत्वमा सरकार गठन गर्दा भएको सात बुँदे सहमति र त्यसपछि सोह्र बुँदे सहमति हुँदा भएको भद्र सहमति अनुसार एमालेको नेतृत्वमा सहमतिको सरकार गठन हुनु पर्ने भन्दै अहिले तीन दल मिलेर गए मात्रै संविधान कार्यान्वयनको चुनौति पार गर्न सक्ने तर्फ संकेत गर्नुभएको थियो । एकीकृत माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि सात बुँदे र १६ बुँदे सहमति हुँदा भएको सहमति अनुसार एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकपछि एमाले महासचिव ईश्वर पोख्रेलले प्रधानमन्त्रीले आफूहरु पनि सहमतिकै पक्षमा रहेको उल्लेख गर्दै केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्णय गर्ने बताएको जानकारी दिनुभयो ।
। एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सहमतिको पक्षमा रहेकोले सहमतिकै सरकार बनाउनुपर्ने बताउनुभयो ।
बैठकमा बार्ता टोलीका सदस्य महेश आचार्यले मधेसी मोर्चासँग भईरहेको वार्ताको विषयमा ब्रिफिङ गर्नुभएको थियो
राष्ट्रिय लिग फुटबलमा मनाङ मस्र्याङ्दीले सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि संघर्षपूर्ण जित, जितसँगै मना २२ अंकका साथ चौथो स्थानमा ।











