१८ असोज, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिका नजिकै उर्लेनी भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा एक बालक र चार वयस्क पुरुष गरी पाँच जनाको मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । बस रुपन्देहीको बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै थियो ।











