१७ असोज, काठमाडौं । एमालेका अर्का विवादित मन्त्री कृपासुर शेर्पाले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवले अनियमितता गर्न नमानेकै कारण पदबाट हटाउने कसरत थालेका छन् । महिलालाई यौनशोषण गर्दै हिंडेका कृपासुरले आफू अनुकुल व्यक्तिलाई वालुवाको ठेक्का दिन नमानेपछि सदस्यसचिव डा गाविन्द टण्डनलाई पदबाट हटाउने उद्देश्यसहित स्पष्टीकरण सोधेका छन् । उनले बारम्बार राजीनामा दिन समेत दवाव दिएका छन् ।
गोठाटारस्थित पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको जग्गाको बालुवा र माटोको ठेक्का परिषद् बैठकको निर्णयबिना दिन नमानेपछि मन्त्री शेर्पाले टण्डनलाई राजीनामा दिन दबाब दिएका हुन्।
मन्त्री पदमा नियुक्त हुने भएपछि बालुवा ठेक्का र आफ्नोअनुकूल कर्मचारी भर्ना गर्न राखेको शेर्पाको प्रस्ताव टण्डनले अस्वीकार गरेका थिए। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रीले पटक–पटक आफ्नै कार्यकक्षमा बोलाएर राजीनामा माग्ने गरेका छन्। ‘मन्त्रीज्यूले बालुवा र माटोको ठेक्का मीठाराम दाहाललाई दिन दबाब दिंदै आएका थिए, टण्डनले मानेनन्, त्यसपछि उनी रिसाएका हुन्,’ ती अधिकारीले भने, ‘मन्त्रीज्यू आफैं पशुपति क्षेत्र विकास कोषको अध्यक्ष हो, बोर्डबाटै निर्णय गराए हुन्छ, त्यो पनि उनी नगर्नेरु’ दाहाल विवादित ठेकेदार हुन्।
सदस्य सचिव टण्डनले बोर्डको निर्णयबिना कुनै पनि हालतमा बालुवा उत्खनन गर्न नदिने अडान लिएपछि मन्त्री शेर्पाले उनीलाई हटाउन पत्र पठाई तीनदिने स्पष्टीकरण सोधेका छन्। मन्त्रीस्तरीय निर्णयबाट बिहीबार स्पष्टीकरण पत्र पठाइएको हो।
पशुपतिको गुरुयोजना र बजेटअनुसार काम गर्न नसकेको, अदालतको फैसला कार्यान्वयन नगरेको आरोप पत्रमा लगाइएको छ। कोषका एक सदस्यले मन्त्री शेर्पाले टण्डनसित पटक–पटक राजीनामा मागेको उल्लेख गर्दै नमानेपछि स्पष्टीकरण सोधेको बताए। ‘स्पष्टीकरण अवकाश दिन पुर्याउने कानुनी प्रक्रियामात्र हो, मन्त्रीले टण्डनलाई हटाउन
खोजेका हुन्,’ उनले भने, ‘मन्त्री नियुक्त हुनेबित्तिकै उनले राजीनामा मागेका थिए, ठेकेदार दाहाल पहिला बालुवा र माटोको ठेक्का दिन हुन्न भन्ने अहिले आफैं मन्त्रीज्यू ले त्यसैलाई ठेक्का दिनुपर्छ भन्ने तपाईंहरू आफैं बुझ्नुहोस् अहिले के भएको होला ?’
टण्डनले काम गर्न नसके पनि पशुपतिलाई कुनै हानि नोक्सानी नपुर्याएको ती सदस्यले बताए। ‘अहिलेको जमानामा पदमा बस्दा कुनै सुविधा नलिने मान्छे कहाँ पाइन्छरु टण्डनले पशुपति कोषबाट कुनै सुविधा लिएका छैनन्,’ ती सदस्यले भने।
सदस्य सचिव टण्डन भने ७ दिनका लागि हङकङ गएको बताइएको छ। टण्डन पशुपतिकै विषयमा विद्यावारिधि गरेका व्यक्ति हुन् । यसअघिका सदस्य सचिव सुशील नाहटाले करोडौं भ्रष्ट्राचार गरेको मुद्दा अख्तियारले चलाएको छ । प्रधानमन्त्री सुशील कोइरालाको संरक्षणमा नाहटा मुद्दा मिलाउने दौडधूपमा लागेका छन् ।












