१६ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेरै पेट्रोलिय पदार्थ लगायतको आपूर्तिका लागि भारतले सहज वातावरण बनाउने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि भारतका राजदूत रणजित रायले प्रधानमन्त्री कोइरालासँग भेट्दै हाल रोकिएको आपूर्ति सहज हुने बताएका हुन् ।

भेटवार्तामा नेपाल–भारत सम्बन्धका साथै भारतबाट नेपालतर्फ आपूर्ति हुने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको ढुवानीबारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री कोइरालाले भारतबाट नियमित रुपमा हुनुपर्ने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको आपूर्ति सहज बनाउन भारतको उच्चतम तहमा पहल गर्न राजदूत रायलाई अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए।
भारतीय राजदूतले शुक्रबारदेखि केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको तथा शनिबार बेलुका र आइतबारसम्म थप केही नाकाको अवस्था पनि सहज हुने जानकारी भारतीय राजदूतले गराएका थिए ।











