१४ असोज, जनकपुर । धनुषामा अस्पतालले पोष्टमार्टम गरीसकेका लाशहरुको व्यवस्थापन गर्ने क्रममा आन्दोलनकारीहरुका कारण आज केहीबेर तनाव भएको छ । बेवारिसे लाशहरु अस्पतालमा पुर्याएर पोष्टमार्टम गरी सकेका तीन वटा लाशहरुलाई नगरपालिकाले गाड्न लिएर जाँदा आन्दोलनकारीहरुले अवरोध गरेपछि तनाव उत्पन्न भएको हो । रिक्सामा गाड्न लगिएका लाशहरु आन्दोलनकारीहरुको हुनसक्ने भन्दै अवरोध गरिएको थियो । रिक्सा चालकले यसअघि समेत लगेर गाडिएको बताएपछि कुहिएका लाशहरु समेत उत्खनन गरिएको थियो । उत्खनन गरेर हेर्दा कुनै पनि लाश आन्दोलनकारीहरुको नभएको ठहर भएपछि स्थिति सामान्य बनेको छ । गाड्न लगिएका लाश र उत्खनन् गरिएका कुनै पनि लाश आन्दोलनकारी नभएको विविसीका पत्रकार व्रिजकुमार यादवले नेपालदेश डटकमलाई दिए ।











