१३ वीरगंज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बारा र पार्सामा नेपाली भाषी टेलिभिजन च्यानल प्रसारण बन्द गराएको छ । मोर्चाले पत्रै पठाएर आग्रह गरेपछि आफुहरु च्यानल बन्द गर्न बाध्य भएको सिटी सेटलाइट केबुल वीरगन्जका राम सर्राफले बताए ।

आज (बुधबार) मोर्चाले पत्र पठाएर आग्रह गरेपछि असूरक्षाको कारण र जनभावना बिपरित जान पनि नसक्ने भएकोले नेपाली भाषी टेलिभिजन बन्द गरेको बताए । सर्राफले प्रहरी प्रसाशनले सभासदहरुको घरको सूरक्षा गर्न सकेको छ्रैन्, आफ्नै सूरक्षामा उनीहरुलाई समस्या छ, प्रहरी चौकीहरु जलाइएका हाम्रो सुरक्षा कसले गर्छ ल्यसैले नेपाली टेलिभिजनहरु बन्द गरेको बताए ।
नेपाल वान र एभिन्यूज टेलिभिजन बाहेक एबिसी, माउन्टेन, सगरमाथा, हिमालयन, न्युज २४ लगायत च्यानल बन्द छन् । यसअघि मंलवार प्रेस बिज्ञप्ति प्रकाशित गरेका मोर्चाको पर्सा जनपरिचालन समिति संयोजक प्रदीप यादवले २४ घण्टे अल्टिमेटम बमोजिम बुधबार बन्द गराउने पत्र लेखेका हुन् । यादवले काठमाडौं लगायतका पहाडी ठाउँमा भारतीय टेलीभिजन च्यानल बन्द गराइएको बिरोधमा मधेशको धर्तीमा खसभाषी च्यानल बन्द गराइएको प्रतिक्रिया दिए ।
डेढ महिनादेखि लामो समयदेखि बन्द हड्ताल र नाकाबन्दी गरी अधिकार प्राप्तिको आन्दोलनमा उत्रिएको मधेशको आन्दोलनले उठाएको मानवधिकारमुखि र लोकतान्त्रिक माग पुरा गरियोस भनी छिमेकी मित्र राष्ट्र भारतले न्यायको पक्षमा बोलेकै कारण नक्कली तथा कथित राष्ट्रबादका पाखण्डीहरुले प्रतिक्रिया स्वरुप भारतीय च्यानल प्रसारणमा गरिएको अवरुद्ध प्रति हाम्रो बिरोध रहेको मोर्चाले केबुललाई लेखेकोल पत्रमा उल्लेख गरिएको छ ।
मधेश तथा नेपालका उत्पिीडि जनताको आन्दोलनलाई बद्नाम गराउने खोज्नेहरुको इशारामा भएको यो गैरलोकतान्त्रिक र अतिबादी हर्कतले हामीलाई प्रतिबादको लागि बाध्य पारेको हो । यसैगरी मोर्चाले मधेशबाट प्रसारित रेडियोहरुमा नेपाली भाषाको गितसंगीतमा समेत रोक लगाउने पहल सुरु गरेको यादवले बताए ।











