१३ असोज, भैरहवा । भैरहवाको सिमानामा रहेको बेलहिया नाकाबाट आज सहज रुपमा पेट्रोल भित्र्याउने सहमति दुई देशका भन्सार कार्यालयले गरेका छन् । नेपाल र भारत भन्सारको बैठक बसी नेपालमा पेट्रोल तथा खाद्यान्नका ट्रक भित्र्याउने सहमति भएको हो । सहमतिअनुसार अहिले ३ ट्यांकर पेट्रोल, १ ट्रक बुलेट अक्सिजन र १ बुलेट एलपि ग्यास भित्रिई सकेको छ । त्यस्तै विभिन्न खाद्य र फलफूलका १८ ट्रक भित्रिंदै गरेको हाम्रा संवाददादाले जनाएका छन्











