११ असोज, काठमाडौं । मंगलबारदेखि भारतीय हिन्दी च्यानलहरु बन्दभएका छन् । भारतीय हिन्दी च्यानलहरु बिहान १० बजेदेखि हिन्दी च्यानल बन्द भएका छन् । ।
भारतले अघोषित नाकाबन्दी गरेको विरोधमा हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरिएको केबल टेलिभिजन सघं र टेलिभिजन एसोसिएसनले जनाएको छ । हिन्दी च्यानल बन्द गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले तीव्र दवाव दिएको थियो । माओवादीले नेपालमा हिन्दी चलचित्र समेत रोक लगाउने घोषणा गरेको छ । हिन्दी चलचित्र समेत नेपालमा प्रदर्शन हुन बन्द भएका छन् । हिन्दी चलचित्रको व्यापार नब्बे प्रतिशतले कम भैसकेको छ ।
चितवन, धरान कन्चनपुर लगायतका जिल्लाका च्यानल केवल वितरकहरुले हिन्दी च्यानल बन्द गरिसकेका छन् ।











