१० असोज, काठमाडौं । एमाओवादी पार्टी छाडेका बाबुराम भट्टराईले आफूलाई खुलेआम भारतको पक्षमा उभ्याउँदै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग सामेल हुन चाहेको बताएका छन् । दोस्रो संविधान सभाको चुनावमा आफूसहित डन उम्मेदवार संजय शाहबाहेक सबै उम्मेदवार पराजित भएपछि यो पराजय भारतको भएको भन्दै राएका राजेन्द्र महतोको नेतृत्वमा आफू समाहित हुन चाहेको भन्दै भट्टराईले उनीसँग अनुनय गरेका हुन् । पूर्वप्रधानमन्त्री भैसकेको राष्ट्रिय नेताले एक स्थानमात्रै जितेको र त्यो पनि अपराध कर्मका कारण निलम्बनमा परेको सभासद् भएका राजेन्द्र महतोसँग अनुनय गर्नुले सारा नेपाली अचम्भित भएका छन् ।
राजेन्द्र महतोलाई आइतबार बाबुराम भट्टराईले फोन गरेर मधेस आन्दोलनमा समाहित गराउन अनुरोध गरेका हुन् । टेलिफोन सम्बादमा आफूले मधेस मुक्तिकै लागि राजीनामा गरेको बताउँदै उनले पार्टी भन्दा पनि देश ठूलो भएकोले देश बचाउनको लागि राजीनामा गरेको बताए।
प्रतिउत्तरमा नेता महतोले संविधान निर्माण पछि दिएको राजीनामा मधेसका जनताले पत्याउन नसकेको गुनासो गरेका थिए। भट्टराईले आफूले मधेसको समर्थनमा बोलेकै कारण तीन दलका नेताले आफूलाई संविधान विरोधी र भारत परस्तको आरोप लगाएको गुनासो समेत व्यक्त गरेका थिए।
अब आफू घरको न घाटको भएको भन्दै मधेसमा मिलेर अगाडि जाऔंं भन्दै महतोसँग नेता भट्टराईले अनुरोध गरेका थिए।












