एमाओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गरेका छन् । राजधानीमा भर्खरै पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे । उनले व्यवस्थापिका संसदको सदस्य समेत नरहने गरी सभामुखलाई राजिनामा दिएको समेत बताए । आफूले गरेको चालीस वर्षको राजनीतिक यात्राबाट विश्राम लिएको समेत भट्टराईले बताए ।











