९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला शनिबार विहान कैलालीको टीकापुर पुगेर फर्केका छन् ।एसएसपीसहित ९ जनाको हत्या भएको टीकापुर घटना भएको एक महिना पछि प्रधानमन्त्री कोइराला टीकापुर पुगेर पीडितहरुलाई भेटेका हुन् । कोइरालाले घटनास्थलको समेत अवलोकन गरेका छन् । सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री टीकापुर पुगेका हुन् । उनले स्थानीय नेताहरुसँग भेटघाट गरेका छन् । उनी हेलिकोप्टरबाट टीकापुर ओर्लेका थिए ।
त्यस्तै प्रधानमन्त्री कोइराला आजै रुपन्देही र नवलपरासी जाँदैछन् । मधेस तराईमा जारी असन्तुष्टलाई मत्थर पार्न प्रधानमन्त्रीले तराईका जिल्लाका भ्रमण गरेका हुन् ।












