८ असोज, नेपालगञ्ज । नेपालगञ्जमा आज मासु पसलको अनुगमन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयको नेतृत्वमा खटिएको जिल्ला अनुगमन समितिले रामलीला मैदान र धम्वोझीका केही मासु पसलमा निगरानी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत वहादुर बस्नेत, पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकीत्सक बेद बहादुर केसीसहितको टोलीले एक दर्जन मासु पसलमा अनुगमन गरि सरोकारवाला व्यवसायीलाई सचेत गराएको हो ।
अनुगमनका क्रममा मासु पसलमा अत्यधिक फोहर भएको, मरेका कुखुरा समेत फेला परेको थियो । आज बकराइद परेका कारण केही पसल भने बन्द भेटिएका थिए ।

पसलमा अनावश्यक फोहर भेटिएको, आवश्यक कागजपत्र नराखेको, फ्रिज बिगे्रको, कुखुरा खाँदेर ल्याउँदा मरेको समेत फेला परेको अनुगमनमा सहभागी नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले जानकारी दिनु भयो ।
आगामी दिनमा फोहर नगर्न सचेत गराँउदै दास्रो पटक फोहर भएको पाइएमा कानून अनुसार कारवाही गरिने टोलीले चेतावनी दिएको थियो । केही दिनभित्रै मासु व्यवसायीलाई स्वस्थ मासु व्यवसाय बारे आवश्यक तालिम दिइने जनाइएको छ ।













