८ असोज, काठमाडौं । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धमा देखिएको समस्या एक दुई दिनमै समाधान हुने विश्वास ब्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौ आइपुगेका उपाध्यायले त्रिभुवन बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै भारतले नाकाबन्दी नगरेको स्पष्ट पारे । सीमामा केही असुरक्षा भएकोले आपूर्तिमा केही समस्या भएको उनले बताए । राजदूत उपाध्यायले भारतीय अधिकारीहरुले नाकाबन्दी नभएको र त्यस्तो कुनै योजना पनि नरहेको तथा केवल नेपालकै समस्याका कारण भएको सूचना दिएको उल्लेख गरे । नेपालमा देखिएको समस्या बार्ताबाटै समाधान हुने विश्वास ब्यक्त गर्दै उनले पछिल्लो परिस्थितिको विषयमा आफू प्रधानमन्त्री र शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं आएको उनले जानकरी दिए ।
भारतले नेपालमा स्थायित्व र विकासको चाहना राखेको सन्देश सुनाउँदै उपाध्यायले नेपालमा स्थायित्व भए भारतले समर्थन गर्ने विश्वास ब्यक्त गरे ।












