८ असोज, काठमाडौं । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद ऊल जोहा) शुक्रबार मनाइँदै छ । इस्लाम धर्मावलम्बीहरु बकर इदलाई हिन्दूहरको दशैंजस्तै धूमधामका साथ मनाउँछन् । यस दिन हिन्दूहरुले दशैंमा बोका खसी काटेजस्तै मुस्लिमहरुले पनि घरघरमा खसी काट्ने भएकोले यसलाई बकर इद भनिएको हो ।
बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।
बकर ईदमा बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । बकर इद तीन दिनसम्म मनाइन्छ ।
ब
कर इदका अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।












