८ असोज, काठमाडौं । नेपाललाई सिक्किमीकरण गर्ने भारतीय योजना असफल भएपछि फिजीकरण गर्ने योजना अघि सारेको विश्लेषकहरुको ठम्याइँ छ । मुलुकका मुख्य राजनीतिक पदमा विदेशीमुलका र अंगीकृत नागरिकता लिएका व्यक्तिको नियुक्ति विश्वभर नै नहुने गरेको अवस्थामा भारतले आफ्ना सात बुँदे धारणा सार्वजनिक गर्दै विदेशी मूलको व्यक्तिलाई राष्ट्रप्रमुख बनाउन नेपाललाई दवाव दिएको हो । नेपालका प्रमुख पदमा आफूअनुकुल व्यक्ति पठाएर नेपाललाई फिजीजस्तै बनाउने र विस्तारै भुटान र सिक्किमजस्तो बनाउने दीर्घकालीन योजनामा भारत रहेको बुझिएको छ ।
पछिल्लो समय अन्तरदेशीय बसाइँसराइदर तीब्र भइरहेकाले पनि यो विषयमा बढी बहस हुन थालेको प्रष्ट छ। विश्वभरका आप्रवासी रहेको अमेरिकामा समेत त्यहाँ नजन्मेको व्यक्ति राष्ट्रपति हुन पाउँदैन । विगतमा धेरै प्रसिद्ध व्यक्तिहरु पनि वंशजका आधारमा नागरिक नभएका कारण त्यहाँको राष्ट्रपति हुन नपाएको उदाहरण छ ।
नेपालको नयाँ संविधानमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री प्रधानन्यायाधीश सभामभुख राष्ट्रियसभाका प्रमुख सुरक्षा निकायका प्रमुख बन्न वंशजकै आधारमा नागरिक हुनुपुर्न व्यवस्थामा छिमेकी भारतले भने असन्तुष्टी जनाएको हो।
पछिल्लो समय भारतीय विदेश मन्त्रालयको हवाला दिँदै भारतीय एक अखवारमा सात बुँदे असन्तुष्टी मा पनि अंगीकृत नागरिकता प्राप्त ब्यक्ति पनि प्रमुख पदमा पुग्न पाउने व्यवस्था संविधानमै गर्न आग्रह गरेको छ। यसले नेपाललाई सार्वभौम हुन नदिई सधैं आफ्नो नियन्त्रणमा राख्ने र अर्को लेण्डुप दोर्जे जन्माएर सिक्किमीकरण गर्ने भारतीय योजना रहेको राष्ट्रवादीहरु बताउँछन् ।












