७ असोज, काठमाडौं । भारतको आडमा मधेसमा आन्दोलन भैरहेको खुलासा भैरहेका बेला अराजक समूहले नेपालका तीन ठूला दलका शीर्ष नेताको शवयात्रा निकालेका छन् । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डका पुत्ला बनाएर अराजक समूहले महोत्तरीमा शवयात्रा निकालेको हो । शवयात्रामा सहभागी हुने मानिस नभएपछि बालबालिकालाई त्रासमा पारेर सहभागी गराएका छन् ।
फुलकाहा गाविसको जमुनियाँबाट गौशालासम्ममा सो समूहले तीन नेतासहित उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, सभासद सिताराम भण्डारीको समेत पुतला बनाई शव यात्रा निकालेको थियो । उनीहरुले तराई मधेशमा भारतको आडमा भएको आन्दोलनको आज ४१ औं दिन वित्दा समेत सुनवाई नगरेको भन्दै पुतला सहितको शवयात्रा निकालेको बताएका थिए ।
मधेसी जनतालाई आज ४१ औ दिनसम्म दुःख दिइरहँदा त्यहाँको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । वजार, पसल, कलकारखाना बन्द हुँदा दैनिक रुपमा ज्याला गरि जीवीकोपार्जनमा कठिनाई हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ ।













