७ असोज । भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्याय शुक्रबार अकास्मात नेपाल आउन लागेका छन् । भारत सरकार, साउथ ब्लकका अधिकारी र नरेन्द्र मोदीका सुरक्षा सल्लाहकारसँग छलफल गरेका राजदूत उपाध्यायसँग परामर्श गर्न सरकारले उनलाई तत्काल नेपाल बोलाएको हो । सुरुमा संविधानको समर्थन नगरेको भारतले पछि टोन फेरेको समाचार आएका बेला उपाध्यायसँग वास्तविक जानकारी लिन नेपाल बोलाइएको सरकारी स्रोतले जनाएको छ ।
संविधान जारी भएपछि नेपाल र भारत बीच दुरी बढ्दै गएको अवस्थामा दिल्लीको अवस्था र औपचारिक सूचना दिन नेपाल आउन लागेको श्रोतले बतायो । भारतीय राजदूत रणजीत रे भने गत एक हप्तामा दुईपल्ट दिल्ली गएर आएका छन् ।











