७ असोज, काठमाडौं । आन्दोलनमा रहेका दललाई आन्दोलन रोकी वार्तामा आउन तीन दलले आग्रह गरेका छन् । आन्दोलनरतहरुले आफ्ना मागलाई शान्तिपूर्ण रुपमा राखे सहमति हुन सक्ने बताउँदै तीन दलले आन्दोलन बन्द गरे मात्र सहमतिका लागि सहज हुने बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार भएको तीन दलको बैठकपछि शीर्ष नेताहरुले मधेसकेन्द्रित लगायतका दललाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेका हुन् ।

बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बलप्रयोग गरे वार्ताको वातावरण वन्न नसक्ने बताए ।
बैठकमा सहभागी नेकपा एमाले उपाध्यक्ष विद्या भण्डारीले नाकावन्दी बन्द हडतालले समस्याको समाधान हुन नसक्ने धारणा व्यक्त गरिन् । संविधानसभाले ऐतिहासिक उपलब्धी हासिल गरेको भन्दै उहाँले संविधानको कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्नेमा बताए ।











