५ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे छलफल भएको थियो ।
राष्ट्रपति कार्यालय शितल निवास पुगेर प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको जानकारी गराएका थिए ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री कोइराला बुधबार न्यूयोर्क जाँदैछन् । नेपालको पछिल्लो विकसित राजनीतिक परिस्थितिमा विदेश भ्रमणमा नजान कोइरालालाई दबाव परेको छ ।











