४ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तक्मा पाउन आफू जेल बसेको नभई जनताको अधिकारका लागि जेल बसेको बताएका छन् । राजधानीमा आज आयोजित संविधान स्वागत समारोहलाई सम्बोधन गर्दै ओलीले आफ्नो त्याग जनताका लागि भएकोले जनताकै अधिकार समेटेर संविधान निर्माण गरेको बताए ।
नयाँ संविधानले जनताका सबै अधिकारको व्यवस्था गरेको बताउँदै ओलीले असन्तुष्ट पक्षका जायज माग सम्बोधन हुने बताए । कुनैकुनै ठाउँमा भएका प्रदर्शनप्रति लक्षित गर्दै ओलीले संविधान अपरिवर्तनशील नभएकोले वार्ता र सहमतिका माध्यमबाट सबैका माग पूरा गर्न सकिने धारणा व्यक्त गरे । विभिन्न पिछडिएका समुदायका अधिकार सुनिश्चित गर्न आयोगहरु गठन गरिएको र आयोगहरुको अध्ययनका आधारमा कार्य गरिने ओलीले बताए ।












