४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट पक्षलाई वार्तामा आउन सार्वजनिक रुपमा आह्वान गरेका छन् । राजधानीमा आज आयोजित संविधान स्वागत समारोहलाई सम्बोधन गर्दै कोइरालाले असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पक्षहरुलाई शान्तिपूर्ण वार्तामा आउन आह्वान गरेका हुन् । आफ्नो सम्बोधन वार्तामा आउन आग्रह गर्दै सुरु गरेका कोइरालाले नयाँ संविधानको उपलब्धिलाई स्वागत गर्न देशवासीलाई आग्रह गरेका थिए । असन्तुष्टका मागहरुलाई संविधान संशोधनमार्फत समेटिने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए ।












