४ असोज, काठमाडौं । संविधान जारी भएको खुशीयालीमा प्रधानमन्त्री सुशील कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबार नजिकैको बगैंचामा प्रधानमन्त्रीले विभिन्न विशिष्ट व्यक्तिहरुका लागि चियापान कार्यक्रमको आयोजना गर्न लागेका हुन् । चियापानमा प्रधानन्यायधीश, संविधान सभाका अध्यक्ष, नेपाल सरकारका मन्त्रीहरु, कुटनीतिक निकायका प्रमुखहरु लगायतलाई आमन्त्रण गरिएको छ ।
चियापान आयोजना गर्नुपहिले प्रधानमन्त्री कोइरालाले आजै खुल्लामंचमा आायोजना हुने आमसभालाई सम्बोधन गर्ने छन् ।
यसैबीच नेकपा एमालेले भने भोलि मंगलबार रंगशालामा चियापानको आयोजना गर्दै छ ।












