१ असोज, रामेछाप । रामेछापको सालुमा बस दुर्घटना हुुुँदा सात जनाको मृत्यु भएको छ । झण्डै ४५ जना घाइते भएका छन् ।
मन्थलीबाट गोठगाउँ जाँदै गरेकोे ना ४ ख ५२४८ नम्बरको वस शुक्रबार अपराहृन मन्थली नगरपालिका ७ मा पर्ने गैह्राथोक भिरबाट खसेको हो ।
दुर्घटनामा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको उद्धारमा खटिएका स्थानीयले बताएका छन् ।
प्रहरी निरीक्षक मखन यादव मृत्यु भएका तीन जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मन्थली ७ की दिलमाया मगर, गोठगाउँ-५ हेमबहादुर थापा र गोठगाउँ-५ भीमबहादुर बुढाथोकीको मृत्यु भएको छ ।
घाईतेहरुलाई स्थानीयवासिन्दाले उद्धार गरेको सालुका अनिल श्रेष्ठले जानकारी दिए । कच्चीबाटो वर्षाका कारण विग्रिएको थियो । क्षमता भन्दा बढी यात्रु रहेको बताएको छ ।











