१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट संविधान जारी हुनुलाई ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।
नयाँ संविधानमा हस्ताक्षर गरेपछि शुक्रबार सन्चारकर्मीहरुसँग उहाले ‘संविधान निर्माणकार्य सम्पन्न हुनु सम्पूर्ण नेपालीहरुको जित भएको बताउनुभयो । सबै पक्षका माग र एजेन्डालाई संविधानमा समेटिएको भन्दै प्रधानमन्त्री कोइरालाले सबै राजनीतिक दलहरूको एकताका कारण संविधान निर्माण सम्भव भएको बताउनुभयो ।

संविधान कार्यान्वयनमा आइपर्ने चुनौतीलाई पनि सबै दलले मिलेरै सामना गर्ने उहाको भनाइ थियो ।











