१ असोज, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान २०७२ मा हस्ताक्षर सहित प्रमाणीकरण गरेका छन् ।
संबिधानसभा भबन नया बानेश्वरमा अयोजित बिशेष कार्यक्रममा बिच सभाध्यक्ष नेम्वाङले संविधानसभाबाट पारित भएको संविधानलाई प्रमाणिकरण गरेका हुन् ।

प्रमाणीकरण समारोहमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु सहभागी रहनुभएको थियो । संविधानसभाले संविधान प्रमाणीकरण गरेपछि प्रकाशनका लागी पठाईएको छ ।
प्रमाणीकरण गरिएका पाँच प्रति नेपाली कागजमा छापिएका संविधानमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयको अभिलेखमा राखिनेछ । अब आइतबार साँझ ५ बजे हुने औपचारिक कार्यक्रममा राष्ट्रपतिको हस्ताक्षर र राष्ट्रपति कार्यालयको छापको औपचारिकता मात्र बाँकी रहेको छ ।











