३१ भदौ, काठमाडौं । राष्ट्रपति डा रामवरण यादवसँग बिहीबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शीत्तल निवासमा भेटवार्ता गरेका छन् ।
उपाध्यक्ष विद्यादेवी भण्डारीसहित शीत्तल निवासमा पुगेका ओली र राष्ट्रपति यादवबीच संविधान निर्माणप्रक्रिया र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
दुबैजनाबीच असोज तीनमा संविधान जारी गर्नबारे पनि कुरा भएको बताइएको छ ।
राष्ट्रपतिसँगको भेटवार्ताकै कारण ओली वालुवाटारमा भएको थारु नेतासँगको वार्तामा गएका थिएनन् ।












