३० भदौ, काठमाडौं । नयाँ संविधान पारित भएपछि संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधान सबैभन्दा बढी जनतामैत्री र प्रगतिशिल रहेको प्रतिक्रिया दिएका छन् । वुधबार संविधान सभाबाट संविधान पारित गरिसकेपछि प्रशन्न मुद्रामा बाहिरिएका नेम्वाङले नयाँ संविधान अतुलनीय रहेको प्रतिक्रिया दिए ।
नयाँ संविधान सबै जनता र राजनीतिक दलको संघर्षको उपलब्धि भएको पनि उनले दावी गरे । संविधान पारित गर्न सहभागी दल, संविधान निर्माण प्रक्रिया बहिष्कार गरेका दल र संविधासभा बाहिर रहेको सबै दलको संघर्षको परिणाम नै नयाँ संविधान भएको दावी नेम्वाङले गरे ।












