३० भदौ, काठमाडौं । राज्य पुनर्संरचना गर्दा पुराना जिल्लाहरु अस्तित्वमा नरहने बहस भए पनि अन्ततः जिल्लाहरु यथावत रहने भएका छन् । संघीयतामा गएपछि जिल्लाको विद्यमान संरचना खारेज गर्नु पर्ने भन्दै परेको संशोधन संविधानसभाले अस्वीकृत गरेपछि जिल्लाहरुको अस्तित्व यथावत रहने भएको हो ।

सभासद श्याम श्रेष्ठ, यशोदाकुमारी लामा, शिवलाल थापाले जिल्ला सभा र जिल्ला समन्वय समितिसम्वन्धी धारा खारेजका गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए । तर, संविधान सभाको बहुमतले संशोधन प्रस्ताव अस्वीकृत गरेको छ ।
जिल्ला टुक्राउन नहुने भन्दै विभिन्न स्थानमा आन्दोलन समेत गरिएका थिए ।











