३० भदौ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा देशका कार्यकारी प्रमुखले गरेको निर्णय उल्ट्याएका सेरेमोनियल राष्ट्रपति रामवरण यादवको तानाशाह बन्ने सपना यतिवेला आएर खुलासा भएको छ । संविधान बन्न नदिने र आफू राष्ट्रपति बनिरहन चाहने यादवको भित्री नियतका कारण कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला समेत झस्किएका छन् ।
यादवको भित्री योजनाकै कारण कांग्रेस सभापति सुशील कोइराला पनि अन्ततः एमाओवादी अध्यक्ष प्रचण्डसँग निकट बनेका छन् । मंगलबार विहान यादवलाई भेटेपछि कोइरालाले तुरुन्तै प्रचण्डलाई भेटेका थिए । त्यसपछि एमाले पृष्ठभूमिका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङसँग परामर्श गरेर यादवको षडयन्त्र असफल पार्ने योजना तीन जनाले बनाएका थिए ।
मंगलबार विहान प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेपछि अत्यन्त तनावमा शितल निवासबाट बाहिरिएका थिए । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङसँग पनि यादवले असन्तुष्टी पोखे । आफूले दिएका सुझावअनुसार संविधान बनाउनुपर्ने भन्दै यादवले तानाशाहको शैली देखाएपछि नेम्वाङ चिया पनि निपिई शितल निवाबाट बाहिरिएका थिए ।
त्यसपछि उनीहरू संविधान घोषणा गर्ने मितिको प्रस्ताव संविधानसभाबाट अनुमोदन गराउने निर्णयमा पुगेका थिए ।
राष्ट्रपतिसँगको भेटघाटको पृष्ठभूमि र राष्ट्रपतिको व्यवहारबाट आशंका बढ्न थालेपछि तीन दलले संविधानसभाबाटै असोज ३ गते अपराह्न पाँच बजे नयाँ संविधान घोषणाको कार्यक्रम पारित गराएका हुन् । अन्तरिम संविधानको बाध्यकारी प्रावधानअनुसार नयाँ संविधान जारी गर्न राष्ट्रपति उपस्थित हुनुपर्ने छ । यसपल्ट भने प्रचण्ड प्रधानमन्त्री भएको अवस्थाजस्तो परिस्थिति छैन । किनभने सार्वभौम संविधान सभाले गरेको निर्णय नमान्ने हो भने रामवरण यादव कलंकित हुने छन् । त्यसकारण उनले आफ्नो पद खुस्किने निर्णयसहितको संविधान मन नलागी नलागी गर्नेछन् ।
संविधान जारी गर्न पाँच दिनमात्र बाँकी हुँदा राष्ट्रपतिले नकारात्मक चलखेल गर्न लागेको संकेत
असोज ३ गते अपराह्न ५ बजे बस्ने बैठकलाई नै औपचारिक राष्ट्रिय समारोहको रूप दिएर संविधान जारी गरिनेछ ।












