३० भदौ, काठमाडौं । आज हरितालिका तीज । नेपाली नारीहरुको महान् पर्व तीज आज व्रत बसेर र नाचगान गरेर मनाइँदै छ । नेपाली नारीहरु आज दिनभर व्रत बसेर महादेवको पूजा गर्ने गर्दछन् । दिनभर पानी पनि नखाएर गरिने कठोर व्रत नारीहरुले अपनाउने गरेका छन् । तर यस्तो व्रतले स्वास्थ्यमा गम्भीर असर पार्ने सल्लाह चिकित्सकहरुले दिने गरेका छन् । बदलिँदो परिवेशमा कतिपय नारीहरुले तीजलाई कठोर व्रत नबसी मनाउन थालेका छन् ।
खासगरी पतिको दीर्घायुका लागि बसिने व्रत मानिने तीजको व्रतमा महिलाहरु दिनभर नाचगान गर्दछन् । शौभाग्यको प्रतीक रातो पहिरनमा नारीहरु सजिने गर्दछन् । आज देशभरका शिव मन्दिरमा दर्शनका लागि विहानैदेखि भीड लागेको छ । काठमाडौंको पशुपतिनाथको मन्दिरमा विहान ३ बजेदेखि नै दर्शन गर्नेको घुइँचो लागेको छ ।