२९ भदौ, काठमाडौं । भारतीय दबाबका विरुद्धमा संविधान जारी गर्न लागेको दावी गरेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतसँग सम्बन्ध सुधार्न आफ्ना विशेष दूतलाई नयाँ दिल्ली पठाएका छन् । उनले आफ्ना दुई विश्वापात्रलाई मंगलबार दिल्ली पठाएका हुन् ।
एमाले सचिव प्रदीप ज्ञवाली र अन्तरर्राष्ट्रिय विभागका युवराज वास्तोला आलीको प्रतिनिधिका रुपमा मंगलबार दिल्ली गएका हुन् ।

उनीहरु नेपालको संविधान निर्माण प्रक्रियामा भारत सरकार र भारतीय जनताको सदभाव लिनका लागि अध्यक्षको प्रतिनिधिका रुपमा भारत गएको एमालेले जनाएको छ । ओलीको प्रतिनिधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजका साथै प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार लगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम छ ।
हिन्दू राष्ट्र बनाउन नसके पनि परिभाषित गरिएको भन्दै उनीहरुले भारतीय प्रधानमन्त्रीका दुतलाई सन्देश दिनेछन् । आगामी सरकार गठनका लागि सहयोग माग्ने र मधेसी दललाई सम्झाइदिने कुरा समेत एमाले नेताले दिल्लीमा गर्ने स्रोत बताउँछ ।











