२९ भदौ, काठमाडौं । संविधान जारी भए आफ्नो र प्रधानमन्त्री दुवैको पद जाने भन्दै किन संविधानको प्रक्रिया नरोकेको भन्दै राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालालाई प्रश्न गरेपछि कोइराला तनावमा देखिएका छन् । यादवले सोमबार साँझ भेट्न बोलाए पनि नगएका कोइराला मंगलबार विहानै शितल निवास पुगेका थिए । यादवसँग भेटेर बाहिरिने क्रममा कोइराला निकै तनाव र आक्रोसित देखिए । उनले संचारकर्मीसँग नै आफ्नो आक्रोस पोखे ।

भेटवार्ताबाट बाहिरिने क्रममा कोइरालाले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिन नचाहेको जस्तो देखिएका प्रधानमन्त्री कोइरालाले सञ्चारकर्मीहरुले कर गरेपछि संक्षिप्त प्रतिक्रिया दिएका थिए । उनको अभिव्यक्ति र शैली आक्रोशित थियो ।
उनले भने–अब संविधान आउँंछ,कसैले रोक्न सक्दैन । ’ सञ्चारकर्मीले कहिले आउँंछ भनेर जिज्ञासा राख्दा आक्रोसित हुँदै उनले भने–त्यो सभाध्यक्षलाई सोध्नुस् ।’
संचारकर्मीले प्रधानमन्त्री ज्यू रिसाउनु भए जस्तो देखियो नि ? भन्ने प्रश्नमा उनले भने– मेरो बोली नै यस्तै हो ।’ राष्ट्रपतिसँंग के कुरा भयो भन्ने प्रश्नमा के के कुरा भयो, तपाईहरुलाई किन बताउँ भन्दै कोइराला झर्किएका थिए ।
स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीलाई तीन गते संविधान जारी गर्ने तिथी तोकिएकोमा चित्त बुझेको छैन ।
कोइराला र राष्ट्रपति यादवबीच मंगलबार बिहान करिव एक कुराकानी भएको थियो ।











