२५ भदौ, काठमाडौं । प्रमुख दलले सुरु गरेको संविधान निर्माणको कार्यतालिकाअनुसार असोज ४ गते संविधान जारी हुने छ । असोज ४ गते संविधान जारी गर्ने निश्चित भएपछि फोरम लोकतान्त्रिक समेत संविधान निर्माण प्रक्रिया जारी राख्न भन्दै संविधानसभाबाट बाहिरिएको रहस्य खुलेको छ । जाने वेलामा विजय गच्छदारले संविधान चाहिं ल्याउनु भन्दै बाहिरिएको गोप्य स्रोत बताउँछ ।
प्रमुख तीन दलले केही दिन प्रक्रिया स्थगन नगरी अगाडि बढे असोज चार गने देशले नयाँ संविधान पाउने निश्चित भएको छ ।
संविधान आएपछि हुने निर्वाचनमा धेरै सिट ल्याउने उद्देश्यले आन्दोलनमा लागेको बताइन्छ । संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव भने कुनै अवस्थामा पनि सहमति नआउने र आफ्नो पक्षमा आन्दोलन उचालेर देशको ठूलै पद प्राप्त गर्ने लालसामा लागेको एमाओवादीका एक वरिष्ठ नेताले बताए ।












