२५ भदौ, काठमाडौं । संविधान जारी गर्ने समय नजिकिंदै जाँदा प्रमुख तीन दलको बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संविधान निर्माण प्रक्रिया र आन्दोलनरत पक्षको मनस्थितिबारे विश्लेषण गरेको छ । वारम्बार वार्ताका लागि आह्वान गर्दा समेत आन्दोलनरत पक्ष वार्ताका लागि नआउनु विडम्बनायुक्त भएको भन्दै शीर्ष नेताहरुले विश्लेषण गरेका छन् ।











