२४ भदौ, काठमाडौं । थारुहरुको छुट्टै प्रदेश माग गरेर आन्दोलन भैरहेका बेला एमाओवादीले थारु राष्ट्रिय मुक्ति मोर्चाको विशेष भेला बोलाएको छ । एमाओवादीले पार्टीअन्तर्गतको थारु मुक्ति मोर्चाको विशेष भेला काठमाडौंमा बोलाएको हो । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित विशेष भेलालाई अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका छन् ।

जारी थरुहट आन्दोलनबारे थारु नेताहरुले नेतृत्वलाई रिपोर्टिङ गरेका छन् । टीकापुरमा प्रहरी मारिएको लगायतका विषयमा बैठकमा छलफल भएको छ ।
थरुहटको माग सम्बोधन नगरी संविधान जारी हुन लागेको विषयमा एमाओवादीले आफ्ना थारु नेताहरुसँग गम्भीर छलफल गरेको बैठकमा सहभागी एक नेताले बताए ।











