२४ भदौ, काठमाडौं । नयाँ रणनीति बनाउन मधेसी मोर्चाका नेताहरुले रुपन्देहीमा बैठक गरेका छन् । भैरहवाको रेड सनमा होटलमा बैठक बसेको थियो । बैठकमा मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र राय यादव, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी थिए । प्रदर्शनलाई अझै सशक्त बनाउने निर्णय मोर्चाका नेताहरुले गरेका छन् ।
रुपन्देहीमा वुधबार आमसभा गर्ने क्रममा मधेसी नेताहरु भैरहवा पगेका थिए । वुधबार प्रमुख तीन दलका नेताहरुले वार्ताका लागि गरेको अपिलबारे छलफल भएको एक नेताले जानकारी दिए ।
बैठकमा सामान्य छलफल गरेपछि उपेन्द्र यादवले रुपन्देहीको धकधइमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका थिए ।











