२३ भदौ, काठमाडौं । प्रमुख तीन दलले ‘अन्तिम अवसर’ भन्दै आन्दोलनरत पक्षलाई निःशर्त वार्तामा आउन अपील गरेका छन् ।
संविधानसभामा बुधबार साँझ बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले वार्ताको आहृवान गरेको हो ।
तीन दलले गरेको अपीलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।
तर, तीन दलले भने संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । आन्दोलनरत पक्ष वार्तामा आए दिनरात छलफल गर्न तयार रहेको नेताहरुले बताएका छन् ।











